हेमजा आलु महोत्सव सुरु

पाेखरा | चैत २७, २०८२

हेमजा आलु महोत्सव सुरु

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।

 

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्रान्डिङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो किताबमा समेटिएको स्पष्ट पनि पारे ।

 

हेमजाका विकास आयोजना चौरासी नहर, साझाचोक तिब्बतीयन क्याम्प सडक तथा सुइखेत खोला व्यवस्थापन लगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।

 

महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दाबी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको भनाइ राखे । उनले कृषि मर्यादित, गर्वलायक पेसा भएको जनाउँदै आलु महोत्सवका कारण हेम्जा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको दाबी गरे ।

 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापारमार्फत स्थानीयको जीवनस्तर उठाउन लागि परेको भनाइ राखे । उनले त्यस क्रममा आलुको इतिहासका बारेमा स्पष्ट पनि पारे ।

 

मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै महोत्सवमार्फत पोखरामा कृषि पर्यटक वृद्धि हुने अपेक्षा सुनाए । महोत्सवको जननी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिँदै संयोजक श्रेष्ठले कृषि जीवन बचाउने कर्म भएको चर्चा गरे ।

 

महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषि झाँकी र्‍याली निकालियो । उक्त र्‍याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गरेसँगै मूल समारोहमा परिणत भयो ।

 

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको वृहत् प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

 

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।

 

महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ १०० रुपैयाँ तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ ।

 

मूल आयोजक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विपिन पौडेलले स्वागत तथा महासचिव विकल थापाले कार्यक्रम संचालन गरे ।

 

महोत्सवको दोस्रो दिन शनिबार कलाकारहरू शान्तिरानी परियार, परशुराम अधिकारी, सुनील गायक लगायतका प्रस्तुति पनि रहनेछन् ।


गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्